नियम ४८
नामसारी रजिष्टर गर्ने समितिको अधिकार
(१) कसैले शेयरको नामसारी गर्न दरखास्त दिएमा समितिले त्यस्तो नामसारीलाई कारण सहित वा रहित रजिष्टर गर्न इन्कार गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै शेयरको नामसारी रजिष्टर गर्न इन्कार भएमा सो नामसारीको लिखत कर्पोरेशनको कार्यालयमा दाखिल भएको मितिले २ महिनाभित्र समितिले सो कुराको सूचना नामसारी गर्ने र नामसारी गरी लिने दुवै पक्षकहाँ पठाउनु पर्छ ।